Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक

ईलाका प्रशासन कार्यालय, बनखुचौर, काभ्रेपलान्चोक

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक

ईलाका प्रशासन कार्यालय, बनखुचौर, काभ्रेपलान्चोक

मंगलवार, श्रावण ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

परिचय

 ईलाका प्रशासन कार्यालय, देवीटार, काभ्रेपलाञ्चोकको परिचयः

महाभारत गाउँपालिकाको बनखुचौरमा इलाका प्रशासन कार्यालय स्थापना गरी विधिवतरुपमा सेवा प्रवाह शुरु गरेपछि डाँडापारिका बासिन्दाका लागि नागरिकता बनाउनकै लागि सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । एक कार्यक्रमका बीच काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत र जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले कार्यालय उद्घाटन गरी सेवा शुभारम्भ गर्नुभएको थियो । इलाका प्रशासन कार्यालय स्थापना गरेर आफ्नै घर आँगनबाट सेवा लिन पाएपछि काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका स्थानीय नागरिकहरुलाई नागरिकता बनाउन हजारौँ खर्च गरेर सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको दक्षिण भेगमा अवस्थित महाभारत गाउँपालिकाको कूल क्षेत्रफल १८६ वर्ग कि.मि. रहेको छ । ८ वटा वडामा विभाजित यस गाउँपालिकाको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार कूल जनसंख्या १६,०७९ रहेको छ । इलाका प्रशासन कार्यालय, बनखुचौर यिनै ८ वडाका वासिन्दाका लागि सेवा पुर्याउने उद्देश्यले स्थापना भएको हो ।

भौगोलिक दृष्टिले अति विकट र दुर्गम मानिएको यस ठाउँमा हालसम्म जिल्ला सदरमुकाम सम्म जोड्ने पक्की सडक सञ्जाल छैन । आफ्नो छुट्टै भौगोलिक, साँस्कृतिक, सामुदायिक पहिचान बोकेको यस गाउँपालिकामा विशेष रुपले तामाङ, मगर, बाहुन–क्षेत्री, माझि, नेवार, दलित, पहरी आदि समुदायको बसोबास रहेको छ ।

पुरानो संरचनाको गोकुले, फोक्सिङटार, बुढाखानी, बनखुचौर र घर्तिछाप गा.वि.स. मिलेर बनेको यस गाउँपालिकाको उत्तरी सिमानामा रोशी गाउँपालिका पहाडले घेरीएको छ भने पूर्वमा सिन्धुली जिल्ला, दक्षिणपूर्वमा सिन्धुली जिल्ला, पश्चिममा खानीखोला गाउँपालिका पर्दछ । महाभारतको बीचमा बनखु केन्द्र अनि काभ्रेपलाञ्चोकको अग्लो स्थानमा रहेको ताराखासे लेक  र भुमीचुली चैत्यपानी लेक यसै गाउँपालिकामा पर्दछ ।

दक्षिण सिमानामा कोखाजोर नदी, पूर्वीमा सिन्धुलीको रामपुर खोला र पश्चिम सिमानामा चौखोला नदीले यस गाउँपालिकालाई घेरिएको छ भने यस गाउँपालिकाको नामाकरण गरिएको महाभारत यसै गाउँपालिकाका प्राकृतिक सम्पदा एवं सौन्दर्य हुन् । पूर्णतः कृषिमा निर्भरता यहाँको जनताको मुख्य आर्थिक श्रोत कृषि नै हो । यसैबाट यहाँका जनताले दैनिक जीविकोपार्जन गर्दछन् ।


पछिल्लो अपडेट गरिएको : 2082-06-02 11:36:20

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बनखुचौर, काभ्रेपलान्चोक