Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक

ईलाका प्रशासन कार्यालय, बनखुचौर, काभ्रेपलान्चोक

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक

ईलाका प्रशासन कार्यालय, बनखुचौर, काभ्रेपलान्चोक

मंगलवार, श्रावण ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अवलोकन निरिक्षण एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

२०८०-०९-१८ २०८०-०९-१८

20240103_141833.jpg तस्बिर :

काभ्रेपलाञ्चोक जिल्लाका श्रीमान् प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माज्यूबाट महाभारत गाउँपालिका ६, काभ्रेपलाञ्चोकमा रहेको इलाका प्रशासन कार्यालय, बनखुचौरको आज मिति २०८० पौष १८ गते बुधबारका दिन अवलोकन निरिक्षण गर्ने कार्य सु-सम्पन्न भयो ।

उक्त अवसरमा श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यूबाट इलाका प्रशासन कार्यालयले गर्दै आएको नागरिकता वितरण लगायत काम कारवाहीको अनुगमन निरिक्षण गरी नागरीकहरुलाई छिटो, छरीतो र चुस्त रुपमा सेवा प्रवाह गर्न निर्देशन समेत दिनुभयो ।

महाभारत गाउँपालिकाको सभाहलमा सम्पन्न इलाका प्रशासन कार्यालयका कर्मचारी, वडा अध्यक्ष, वडा सचिव लगायतसँगको अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माज्यूबाट नागरिकता सिफारिस सम्बन्धमा देखा परेका विविध समस्या र सो को समाधानका विषयमा छलफल र अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भयो।

सोही सभाहलमा सम्पन्न अर्को कार्यक्रम महाभारत गाउँपालिका काभ्रेपलाञ्चोकका अध्यक्ष श्री कान्छालाल जिम्बाज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय रत्न ढकालज्यू, जिल्ला समन्वय समिति प्रमुख/ उपप्रमुख, प्रमुख जिल्ला अधिकारीज्यू, महाभारत गाउँपालिकाका उपाध्यक्ष, जिल्ला समन्वय अधिकारी, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारी, इलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख शिवहरी दाहाल लगायत जनप्रतिनिधि एवम् कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

मितिः २०८० पौष १८ गते बुधबार

पछिल्लो अपडेट गरिएको : 2082-06-02 11:36:20

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बनखुचौर, काभ्रेपलान्चोक