Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक

ईलाका प्रशासन कार्यालय, बनखुचौर, काभ्रेपलान्चोक

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक

ईलाका प्रशासन कार्यालय, बनखुचौर, काभ्रेपलान्चोक

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

2080-09-08

2080-09-08


 

 

 

सि.नं. काम  काम सम्पन्न हुने अवधि आवश्यक पर्ने कागजात एवम् प्रमाण लाग्ने दस्तुर सम्बन्धित फाँट
वंशज नागरिकताको प्रमाणपत्र  प्रमाण  पुगेको दिन
  • सम्बन्धित गाउँपालिकाबाट सिफारिस भएको अनुसूची फाराम नं. १
  • बाबु/आमाको नेपाली नागरिकता प्रमाण पत्रको सक्कलसहित प्रतिलिपि र सनाखत गर्न आउनेले ना.प्र.पत्रको सक्कल अनिवार्य ल्याउनु पर्ने ।
  • जन्ममिति खुल्ने शैक्षिक योग्यताको सक्कल प्रमाण पत्र ।
  • विवाहित महिलाको हकमा पतिको ना.पत्रको सक्कलसहित प्रतिलिपि र सक्कल विवाह दर्ता प्रमाण पत्र ।
  • पिताको मृत्यु भए मृत्यु दर्ता प्रमाण पत्र र वंशज खुल्ने कागजात
  • ३ पुस्ताभित्रका परिवारका सदस्यको सक्कल नागरिकता तथा नाता प्रमाणित प्रमाण पत्र ।
  • परिवारका कुनै पनि सदस्यको नागरिकता नभए वंशजको नाताले नागरिकता पाउन सक्ने र वंशज प्रमाणित हुने अन्य आधारभूत प्रमाणहरु । उक्त प्रमाण पत्र पेश भएपछि पनि थप प्रमाणका लागि बुझ्न सक्ने ।
  • बसाइँ सरी आउनेको हकमा बसाइँसराई दर्ता प्रमाण पत्र र स्थायी बसोबास खुल्ने जग्गाधनी दर्ता प्रमाण पूर्जा, घरको नक्शा पास  प्रमाण पत्र, पानी, बिजुली महशुल कार्ड प्रमाण  पत्र ।
  • बसाइँ सराई गरी आएको हकमा, सम्बन्धित र निजको सनाखत गर्ने नातेदारको नागरिकताका बारेमा सम्बन्धित जिल्लामा बुझ्नु पर्ने ।
  • फोटो २ (दुई) प्रति (हालसालै खिचेको मुखाकृति देखिने) ।
रु. १०।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने । नागरिकता फाँट
नागरिकता प्रमाण-पत्रको प्रतिलिपि प्रमाण  पुगेको दिन
  • सम्बन्धित गाउँपालिकाको सिफारिस ।
  • पूरानो च्यातिएको नासिएको नागरिकता भए सो समेत पेश गर्नु पर्ने ।
  • कार्यालयको अभिलेख नभेटिएको हकमा मतदाता परिचयपत्र र जग्गाधनी प्रमाणपत्र पूर्जाको फोटोकपी ।
रु. १६।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने नागरिकता फाँट

नावालक परिचयपत्र 

प्रमाण पूरा भएकै दिन
  • सक्कल  जन्म दर्ता, शैक्षिक प्रमाणपत्र र वावु आमाको  नेपाली नागरिकता प्रमाणपत्र। 
  • सम्बन्धित वडा कार्यालयको सिफारिस भएको अनुसूची फाराम । 
  • जन्म दर्ता, शैक्षिक प्रमाणपत्र र वावु आमाको  नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
निवेदनमा रु. १०।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने । कार्यालय

आदिवासी जनजाति, दलित प्रमाणित सिफारिस

प्रमाण पूरा भएकै दिन
  • सक्कल नागरिकता प्रमाणपत्र तथा सोको प्रतिलिपि ।
  • निवेदन र सम्बन्धित वडा कार्यालयको सिफारिस ।
  • हालसालै खिचिएको  पासपोर्ट साइजको फोटो २ प्रति । 
निवेदनमा रु. १०।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने । कार्यालय
         
           

 

 


पछिल्लो अपडेट गरिएको : 2082-06-02 11:36:20

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बनखुचौर, काभ्रेपलान्चोक .