Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक

ईलाका प्रशासन कार्यालय, बनखुचौर, काभ्रेपलान्चोक

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्‍चोक

ईलाका प्रशासन कार्यालय, बनखुचौर, काभ्रेपलान्चोक

न्यून व्यान्डविथ Invert Color A- A A+

वंशज नागरिकताको प्रमाणपत्र

शुल्क

रु. १०।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने ।



लाग्ने समय

प्रमाण पुगेको दिन

कागजातहरु

  • सम्बन्धित गाउँपालिकाबाट सिफारिस भएको अनुसूची फाराम नं. १
  • बाबु/आमाको नेपाली नागरिकता प्रमाण पत्रको सक्कलसहित प्रतिलिपि र सनाखत गर्न आउनेले ना.प्र.पत्रको सक्कल अनिवार्य ल्याउनु पर्ने ।
  • जन्ममिति खुल्ने शैक्षिक योग्यताको सक्कल प्रमाण पत्र ।
  • विवाहित महिलाको हकमा पतिको ना.पत्रको सक्कलसहित प्रतिलिपि र सक्कल विवाह दर्ता प्रमाण पत्र ।
  • पिताको मृत्यु भए मृत्यु दर्ता प्रमाण पत्र र वंशज खुल्ने कागजात
  • ३ पुस्ताभित्रका परिवारका सदस्यको सक्कल नागरिकता तथा नाता प्रमाणित प्रमाण पत्र ।
  • परिवारका कुनै पनि सदस्यको नागरिकता नभए वंशजको नाताले नागरिकता पाउन सक्ने र वंशज प्रमाणित हुने अन्य आधारभूत प्रमाणहरु । उक्त प्रमाण पत्र पेश भएपछि पनि थप प्रमाणका लागि बुझ्न सक्ने ।
  • बसाइँ सरी आउनेको हकमा बसाइँसराई दर्ता प्रमाण पत्र र स्थायी बसोबास खुल्ने जग्गाधनी दर्ता प्रमाण पूर्जा, घरको नक्शा पास  प्रमाण पत्र, पानी, बिजुली महशुल कार्ड प्रमाण  पत्र ।
  • बसाइँ सराई गरी आएको हकमा, सम्बन्धित र निजको सनाखत गर्ने नातेदारको नागरिकताका बारेमा सम्बन्धित जिल्लामा बुझ्नु पर्ने ।
  • फोटो २ (दुई) प्रति (हालसालै खिचेको मुखाकृति देखिने) ।


प्रक्रियाहरु

पछिल्लो अपडेट गरिएको : 2082-06-02 11:36:20

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बनखुचौर, काभ्रेपलान्चोक .