| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
वंशज नागरिकताको प्रमाणपत्र |
|||||||||
|
सम्बन्धित गाउँपालिकाबाट सिफारिस भएको अनुसूची फाराम नं. १ बाबु/आमाको नेपाली नागरिकता प्रमाण पत्रको सक्कलसहित प्रतिलिपि र सनाखत गर्न आउनेले ना.प्र.पत्रको सक्कल अनिवार्य ल्याउनु पर्ने । जन्ममिति खुल्ने शैक्षिक योग्यताको सक्कल प्रमाण पत्र । विवाहित महिलाको हकमा पतिको ना.पत्रको सक्कलसहित प्रतिलिपि र सक्कल विवाह दर्ता प्रमाण पत्र । पिताको मृत्यु भए मृत्यु दर्ता प्रमाण पत्र र वंशज खुल्ने कागजात ३ पुस्ताभित्रका परिवारका सदस्यको सक्कल नागरिकता तथा नाता प्रमाणित प्रमाण पत्र । परिवारका कुनै पनि सदस्यको नागरिकता नभए वंशजको नाताले नागरिकता पाउन सक्ने र वंशज प्रमाणित हुने अन्य आधारभूत प्रमाणहरु । उक्त प्रमाण पत्र पेश भएपछि पनि थप प्रमाणका लागि बुझ्न सक्ने । बसाइँ सरी आउनेको हकमा बसाइँसराई दर्ता प्रमाण पत्र र स्थायी बसोबास खुल्ने जग्गाधनी दर्ता प्रमाण पूर्जा, घरको नक्शा पास प्रमाण पत्र, पानी, बिजुली महशुल कार्ड प्रमाण पत्र । बसाइँ सराई गरी आएको हकमा, सम्बन्धित र निजको सनाखत गर्ने नातेदारको नागरिकताका बारेमा सम्बन्धित जिल्लामा बुझ्नु पर्ने । फोटो २ (दुई) प्रति (हालसालै खिचेको मुखाकृति देखिने) । |
|||||||||
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बनखुचौर, काभ्रेपलान्चोक .